सप्तकोसी /उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा जंगली हात्तीले घर भत्काउदा लाखौँको क्षति भएको छ ।

गए मंगलबार बिहानका राति जंगलबाट गाउँ छिरेका हात्तीले स्थानीयहरुको घर भत्काउनुका साथै अन्नवालीमा समेत क्षति पुर्याएका छ्न । जिल्ला प्रहारी कार्यालय उदयपुरका अनुसार जंगलबाट गाउँ छिरेका हात्तीले चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका बिरेन्द्र बास्तोला, ईन्द्र नारायण चौधरी र वन्दना आचार्यको घरमा क्षेती पुर्याउनुका साथै अन्नवाली नष्ट गरेको जनाइएको छ।

जंगली हात्तीले बास्तोलाको सिमेन्टको खम्बा भएको दुई तले काठे घरमा क्षेती पुर्याउदा अन्दाजी दुई लाख बराबरको क्षेती भएको छ भने चौधरीको एकतले पक्की घर र भान्सा घर समेत भत्काउदा करिव ५० हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार जंगली हात्तीले वन्दना आचार्यको घरमा क्षेती पुर्याउदा करिव २० हजार बराबरको क्षेती पुर्याएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले वडा वासीलाई सुरक्षित रहनु आग्रह गर्दै जंगली हात्तिको आतंक बाट पीडित बनेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरुलाई सुरक्षित स्थानमा बस्ने ब्यबस्था मिलाउन सरोकारवाला निकाय संग माग गर्नु भएको छ । सुन्दरपुरमा हरेक बर्ष जाडोको समयमा जंगली हात्तीले दु:ख दिदै आएको छ ।

Facebook Comments Box