उत्सव आचार्य
कञ्चनरूप/सप्तरीको कञ्चनरूप नगरपालिकामा हात्तीले घर भत्काउदा लाखौंको क्षति भएको छ।
सोमवार राती कोशी टप्पु वन्य जन्तु आरक्षबाट ८ ओटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप १२ चर्खियामा अन्नपात नष्ट पार्नुका साथै ४ जनाको घर भत्काउँदा लाखौँको क्षति भएको पिडितहरुले बताए ।
रेणुका सुवेदीको एउटा भान्सा घर, जानुका लम्सालको एउटा गुहाली, टुकुन खड्‌काको एउटा भान्सा घर र अम्जत अलीको एउटा भान्सा घर हात्तीले भत्काउँदा लाखौंको क्षति भएको १२ नम्बर वडाका वडा सदस्य जैनुदिन मियाँले बताए।
घरमा भएको अन्नपात र खेतमा लगाएको वाली समेत हात्तीको समूहले नष्ट गर्दा लाखौंको क्षति भएको मियाँले जानकारी दिए ।
दिनौ हुलका हुल हात्तीको समूह गाउँमा पसेर आतंक मच्चाउन थाले पछि स्थानियहरु डर त्रासमा सुत्न बाध्य भए‌का छन् । कुन बेला हात्तीले ज्यान लिने हो कुनै ठेगान छैन टुकुन खड्का बताउँनुहुन्छ ।
यस भेगमा सालैपिच्छे हात्तीले आतंक मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतंकलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकाय र सरकारले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।

Facebook Comments Box