सप्तकोसी /लोकतान्त्रिकआदिबासिजनजाति महासंघ नेपालको सप्तकोसी नगरपालिकाको नगर अध्यक्षमा नन्दलाल चौधरी चयन भएका छन।
लोकतान्त्रिक आदिबासी जनजाति महासंघ नेपाल सप्तकोसी नगरपालिकाको बुधबार सम्पन्न प्रथम नगर अधिबेशनले चौधरीको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ।

गठित सप्तकोसी नगर कमिटीको उपाध्यक्ष मा जितबहादुर गोले, सचिब राजेश चौधरी , सह सचिबमा जिबन श्रेष्ठ र कोषाध्यक्षमा सन्जा चौधरी सर्वसम्मत चयन भएका छ्न ।
लोकतान्त्रिक आदिबासीजनजाति महासंघ सप्तरी जिल्ला अध्यक्ष अशोक चौधरी को अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल को प्रमुख आतिथ्यता मा सम्पन्न नगर अधिबेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज मन्जु चौधरी नेकपा एमाले केन्द्रिय सदस्य तथा मधेस प्रदेश सभा सदस्य राजकुमार लेखि, नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा, नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दहाल,सप्तकोसी नगरपालिका वडा न ३ का वडा अध्यक्ष देबकान्त गोजेवार लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Facebook Comments Box