सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका मा रहेको मनकामना बहुमुखी सहकारी सस्था फत्तेपुर को १५ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सप्तरीको सप्तकोसी नगरपालिका र कंचनरुप नगरपालिका को फतेपुर,कंचनपुर ओद्राहा,कमलपुर,पिप्रापुर्ब,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५७ साल मा स्थापना भएको सहकारीमा ५ सय ५४ जना सेयर सदस्य रहेका छ्न। सहकारीको १५ औं बार्षिक साधारणसभा मा सस्था को आ.ब.२०७९/०८० को १४ करोड २८ लाख ५३ हजार १ सय ५ रुपैया ९ पैसा बराबर को आय-ब्याय सस्थाका ब्याबस्थापक दिपककुमार खड्काले प्रस्तुत गरेका थिए।
सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई दुग्ध खरिद बिक्री,मलखाध,बिउबिजन, चोकर समेतको सेवा प्रदान गर्दै आएको छ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक दिपककुमार खडकाले जानकारी दिए ।

“सहकारीको दिगोपन,स्वनियमन र सुशासन ” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारणसभा सस्थाका अध्यक्ष अशोककुमार चौधरी को अध्यक्षता मा र सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल को प्रमुख आतिथ्यता मा सम्पन्न भएको कार्यक्रम मा सप्तकोसी नगरपालिकाका निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा ,त्रियुगा सहकारी सस्थाका अध्यक्ष चन्द्रशेखर चौधरी,राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सन्चालक समिति सदस्य शम्भु बहादुर खड्का , लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रम सस्थाका ब्याबस्थापक दिपककुमार खड्का ले सन्चालन गरेका थिए।सस्थाको संचालक समितिको ४ बर्षिय कार्यकाल समाप्त भए पछि नयाँ संचालक समिति चयनका लागि प्रक्रिया अगाडी बढाइएको ब्याबस्थापक खडकाले जानकारी दिए।

Facebook Comments Box