सर्लाही /सर्लाहीको बरहथवामा भएको आन्दोलनमा प्रहरीको गोलि लागि एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज साझ साडे ५ बजे देखी बिहान ८ बजे सम्मको लागी कार्फ्यु लगाएको हो । बरहथवा नगरपालिकाको नगरप्रमुख कल्पना कटुवालको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय एक जनाको टाउकोमा गोलि लागेर मृत्यु भएको भएको थियो ।
नगर प्रमुख कटुवालको घरलाई लक्षित गरेर आन्दोलनकारिले प्रदर्सन गरेकाले प्रदर्शनकारीलाई धपाउने क्रममा प्रहरीले गोली चलाउदा बजार तर्फ आउदै गरेका बरहथवा नगरपालिका ६ का २७ बर्षिय जयशंकर साहलाई नेपाल विद्युत प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी राजनकुमार सिंहले बताए । अर्का एकजनालाई खुटामा गोली लागेर गम्भीर घाईत भएको छन ।
अस्पतालको विषयलाई लिएर विगत महिना देखि द्धन्द चल्दै आएको अवस्थामा शुक्रवार दिउसो प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु उग्र बन्दै नगरप्रमुख कटुवालको बरहथवा स्थित घरमा तोडफोड गर्दै घरबाहिर राखिएको गाडीमा आगजनी गरेको स्थानीय पत्रकार घनश्याम सिंहले जानकारी दिए।

Facebook Comments Box