सप्तरीबाट स्रोत नखुलेको ५ लाख २९ हजार भारतीय रुपैयाँसहित एक पक्राउ



उत्सव आचार्य /
कञ्चनरुप, २१ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको पाँच लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको भरफोर पञ्चायत सुब्बाटोलका संजयकुमार यादव रहेका छन ।
सप्तरीको राजगढ गाउँपालिका २, झौराचौकमा शुक्रबार साँझ सवारी साधन चेकजाँच गर्ने क्रममा बिआर ५० बी १५४२ नम्बरको टिभिएस मोटरसाइकलको डिक्कीमा राखेको स्रोत नखुलेको विभिन्न दरका नोटहरु जम्मा ५ लाख २९ हजार ९ सय ७० भारतीय रुपैयाँसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
Facebook Comments Box

