त्रियुगा सहकारीको २२ औं बार्षिक साधारणसभा सम्पन्न



सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा रहेको त्रियुगासहकारी बहुमुखी सस्था को २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
सप्तरीको सप्तकोसी नगरपालिकाको ११ वटै वडा र कन्चरुप नगरपालिका को वडा न ६ र ७ लाइ कार्यक्षेत्र बनाइ २०३३ साल मा स्थापना भएको सहकारीको को ३ हजार ७ सय ४३ जना सेयर सदस्य रहेको सस्था को आ.ब. २०७९/०८० को अनुमानित ८६ करोड ६९ लाख ४ हजार ७४ रुपैया बराबरको बार्षिक कारोबार गरेको साधारणसभा सभामा लेखा समिति संयोजक शम्भु फ्यालले सार्बजनिक गरेका छन। सस्थाले आ ब २०७९/०८० मा ९६ लाख २१ हजार ५५ रुपैयाँँ खुद मुनाफा गरेको सस्थाको लेखा प्रतिबेदन मा उल्लेख गरिएको छ। सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै पशुपालक किसानहरु लाई ध्यान मा राखि विभिन्न ठाउहरु दुग्ध डिपो संचालन गरि किसानहरुलाइ दुग्ध खरिद बिक्री बितरण, मल खाद्य बीउ बिजन,चोकर दुध का विभिन्न परिकार बनाइ बिक्री बितरण गरि उपभोक्ता हरुलाइ सेबा दिदै आएको छ। सेयर सदस्य हरु को माग लाई ध्यान मा राख्दै सहकारीले एम्बुलेन्स सेबा कृषक हरुको लागि खेत जोत्ने ट्याकटर,धान काट्ने मेसिन लगायतको सेवा प्रदान गर्दै आएको छ। सहकारी द्वारा संचालित डिपार्टमेन्ट स्टोर मा खाद्यान्न ,कस्मेटिक,जुस,दुग्ध जन्य पदार्थ लगायत का दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउदै आएको छ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि सेयर सदस्यहरुलाइ आवश्यकता को आधारमा कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक दिपक कार्की ले जानकारी दिए।
साधारण सभा मा सस्थाका संचालक समिति अध्यक्ष चन्द्रशेखर चौधरी अध्यक्ष रहेको कार्यक्रम मा मधेश प्रदेशका प्रदेश सभा सदस्य राजकुमार लेखि को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा मनकामना बहुमुखी सहकारी का अध्यक्ष अशोक चौधरी लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

