उत्सब आचर्य,कन्चरुप / सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरबाट प्रहरीले १ हजार ६ किलो लागूऔषध गाँजा सहित टिपर पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उक्त गाँजा र ट्रक सार्वजनिक गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८३१ नम्बरको टिपरमा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टिपरको डालामा तल गाँजा राखी बालुवाले छोपेर ल्याउने क्रममा समातिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
उक्त गाँजासहित टिपर चालक धनकुटाको शहिदभूमी गाउँपालिका ४ बस्ने ३२ वर्षका विशेष राईलाई पक्राउ गरिएको र उनको साथबाट १ लाख नगद र दुई थान मोबाइल समेत बरामद भएको एसपी बज्राचार्यले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box