तराइका जिल्लाहरुमा बाक्लो हुस्सु र सितलहरका कारण जनजीवन प्रभावित



सप्तकोसी / तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र सितलहर कारण जनजीवन प्रभावित बनेको छ।
बिगत केहि दिन देखि तराइका जिल्लाहरुमा बाक्लो हुस्सु र चिसो हावासँगै दिनहु बढ्दै गएको जाडोले तराइका जिल्लामा जनजीवन प्रभावित बनेको छ ।बाक्लो हुस्सु र पश्चिमबाट चल्ने सिरेटो हावाका कारण अध्यधिक जाडो बढेको छ।
दुइ दिन देखि बिहान लाग्ने हुस्सु र बेलुकी चल्ने शीतलहरले बाटोघाटो हिडडुल गर्ने देखि विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
अत्याधिक चिसोले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन सकस भइरहेको छ भने दैनिक मजदुरी गरेर खाने वर्गलाई पनि कामको समस्या भएको स्थानीयहरुको गुनासो छ ।
चिसोका कारण बिरामी भई सप्तरीको सप्तकोसी नगरपालिकाको स्वास्थ्य चौकि तथा निजि किल्निखरुमा उपचार गराउँन आउनेहरुको संख्या बढ्दै गएको छ । अस्पतालमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी देखिएको छ।
चिसो बढे पनि स्थानीय सरकारले अहिले सम्म चिसोबाट बचाउने कुनै किसिमको अभियान नथालिएको र वडा बिपद समितिले बिपन्न बर्गका परिवारलाइ न्यानो कपडा र चोक चोक मा आगो बाल्ने दाउरा ब्यबस्थापन गर्ने भनियता पनि अहिले सम्म कुनै काम नगरिएको राप्रपाका नगर अध्यक्ष तुलाराम लुइँटेलले बताए।सप्तकोसी नगरपालिका वडा न १ को वडा कार्यलय र बिपद ब्याबस्थापन समितिको बैठक बसि मङ्सिर महिनामै बिपन्न परिवारलाइ न्यानो कपडा र चौक चौक मा आगो ताप्ने दाउरा बितरण गर्ने भन्ने निर्णय गरेको थियो।

