सप्तकोसी /उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार देखि सुरु भएको छ ।
चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समिति र नगर युवा तथा खेलकुद विकास समितिको संयुक्त आयोजनामा २४ गते देखि शुरु भएको प्रतियोगिता २६ गते समापन हुने चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगितामा नगरभित्रका ११ वटा सामुदायिक बिधालयका खेलाडीहरु ले सहभागिता जनाएको कार्यक्रममा कवडी, भलिवल, रिलेरेस, हाईजम्प, लंगजम्प, तेक्वान्दो, सर्टफुट, ज्याबेलिंग थ्रो, दौड लगायतका खेल बिधामा प्रतिस्पर्धा हुने नगर शिक्षा युवा खेलकुद शाखा प्रमुख रामेस्वर कुवरले बताए ।

प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख मणिकादेवी दुलालले खेलका निर्णायक लाइ भलिबल हस्तान्तरण गरेर गरिन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख दुलालले भनिन “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय नारालाई सार्थकता दिदै विद्यार्थीलाई पढाईमा मात्र सिमित नगरी विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन।

Facebook Comments Box