सप्तकोसी / लाेकेन्द्र स्मृति पत्रकारिता पुरस्कारवाट प्रेस चौतारी नेपाल सप्तरी शाखा अध्यक्ष पत्रकार डम्वर राई पुरस्कृत भएका छन । नेपाल पत्रकार महासँघ शाखा सप्तरी द्वारा आयाेजित ३० औं लाेकेन्द्र स्मृति दिवसकाे अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर खाेजमुलक, निर्भिक, सहासिक, निडर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने प्रावधान अनुसार राईलाई पुरस्कृत गरिएकाे हाे ।
यसैगरी आजैका दिन स्व पत्रकार उमा सिँहकाे सम्झनामा प्रत्येक बर्ष दिईदै आएकाे उमा सिँह वातावरण पत्रकारिता पुरस्कारवाट रासस सप्तरी प्रतिनिधि अरूण यादवलाई १४ औं वातावरणिय पत्रकारिता पुरस्कारवाट पुरस्कृत भएका छन ।
उक्त पुरस्कार शाखा सप्तरी पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले उमासिँह वातावरण पत्रकारिता पुरस्कार स्थापित गरी प्रदान गरिदै आएका छन ।
पुरस्कार बितरण कार्यक्रममा संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादबले मधेशकाे पत्रकारिता चुनाैतीपुर्ण रूपमा गुज्रिरहेकाे अबस्थामा छ अब हामीले नयाँ पुस्तालाई प्रशिक्षण गरेर पत्रकारिता तर्फ अग्रसर गर्नुपर्नेमा जाेड दिए । पत्रकारिता पेशालाई मर्यादित, निष्पक्ष, बनाउन र बिकृतिलाई अन्त गर्न महासँघ गम्भीर हुनुपर्ने बताए ।
त्यस्तै पत्रकार महासँघ शाखा सल्लाहाकार मनाेहर पाेखरेलले पत्रकारिता क्षेत्रमा लाेकेन्द्र बुढाथाेकीले पुरयाएकाे याेगदानकाे चर्चा गर्दै वहाँले देखाएकाे निर्भिक, निष्पक्ष,पत्रकारितावाट प्रेरणा लिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल पुर्व सदस्यद्वय अनिल अनल,देवराम यादब,शाखा पुर्व अध्यक्ष धिरेन्द्र शाह ,मुरलि यादब लगायले मन्तव्य राखेका थिए।
पुरस्कार बितरण कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बिनय कर्ण,प्रेस चाैतरीका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर अध्यक्ष दिनानाथ यादब, समाजवादी प्रेस संगठनका सतिश कुमार दत लगायतले स्व लाेकेन्द्र बुढाथाेकीकाे बारेमा चर्चा गरेका थिए ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा आयाेजित स्मृति दिवस कार्यक्रमकाे संचालन सचिव रामनारायण बिश्वासले गरेका थिए भने स्वागत मन्तब्य सहसचिव गाेपाल गुप्ताले दिएका थिए ।

Facebook Comments Box