उत्सव आचार्य
कञ्चनरुप / सप्तरीबाट सशस्त्र प्रहरीले एउटा बोलेरो पिकअप गाडी सहित बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले शुक्रबार साँझ बोलेरो पिकअप गाडीमा बाह्र लाख बराबरको सालको चिरान काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहको कोशी ब्यारेजमा रहेको चेकप्वाईन्ट टोलीले नियमित चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र२,०१,००१ च ०२६० नम्बरको बोलेरो पिकअप गाडीमा सालको चिरान काठ २६.६६ क्यु फिट बिना बिलबिजकको बाह्र लाख बराबरको काठ तथा सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिए  ।
उक्त बरामद सवारी साधन र काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय कंचनपुर सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए।

Facebook Comments Box