सप्तकोसी / धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी र चिकित्सक आन्दोलनमा उत्रिए पछि बिपि प्रतिस्ठानमा उपचार सेवा ठप्प भएको छ । प्रतिस्ठानमा बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका चिकित्सक शिक्षक कर्मचारीहरुले आइतबार बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका छ्न।
चिकित्सक कर्मचारीले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसे पछि प्रतिस्ठानको ओपिडी सेवा बन्द भए पछि सप्तरी बाट उपचार गराउन गएका बिरामि तेतिकै फर्कनु परेको बिनय चौधरीले बताए । प्रतिस्ठानका शिक्षक कर्मचारहिरुले आइतबार बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रलाहद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए ।
शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प भएको छ ।
प्रतिस्ठानमा बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलन गर्दै आएका छ्न । गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरे पनि माग पुरा नगरे पछि पुन आन्दोलनमा आउनु परेको शिक्षक कल्याण समाजका अध्यष सेराज खानले बताए। केही दिन अघि उपकुलपति कार्कीले कार्यकारिणी बैठक बोलाए पनि आफै अनुपस्थित भए पछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका हुन् । आक्रोशित आन्दोलनकारीहरुले उहाँलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा समेत गरेका छन् । बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार समेत गरेका छन् ।

यता उपकुलपति कार्कीले सरकार र लोकसेवाबाट कुनै आधिकारिक अनुमति नआएकाले कानुन विपरितको काम गर्न नसकेको भन्दैं केही दिन अघि विज्ञप्ति जारी गरेका थिए ।

Facebook Comments Box