जसपा सप्तकोसीले मनायो स्वाभिमान दिवस



सप्तकोसी /मधेश प्रदेश नामकरण भएको दिन पुष ३ गतेलाइ जनता समाजवादी पार्टी नेपाल सप्तकोसीले मैनबति बालेर प्रथम स्वाभिमान दिवस मनाएको छ ।
संघियता पछिको प्रदेशको नामाकरण गर्ने क्रममा प्रदेश न २ लाइ मधेश प्रदेश नामाकरण गरिएपछि प्रदेशको नामाकरण गरेको दिन पुष ३ गते लाई जसपा नेपालले स्वाभिमान दिवसको रुपमा मनाएको छ ।
प्रथम स्वाभिमान दिवश २०८० का रुपमा जसपा नेपाल सप्तकोसीले मैनबत्ति बालेर मनाएको सप्तकोसी नगर अध्यक्ष रामकुमार यादबले जानकारी दिए।
स्वाभिमान दिवशका अवसरमा जसपा नेपालले प्रदेश भरि ८ वटै जिल्लामा विभिन्न कार्यक्रम गरि मनाएका छन् ।
Facebook Comments Box

