सप्तकोसी /सप्तरीको राजबिराजमा रहेको ग्लोबल बहुमुखी सहकारी सस्था बाट ठगिएको रकम फिर्ताको माग गर्दै बचत कर्ताहरू द्वारा राजबिराजमा प्रदर्शन गरेका छ्न। ग्लाेवल बहुमुखी सहकारी सस्था राजबिराजले बचत कर्ताहरुको ११ कराेड भन्दा बढी रकम हिनामिना गरि फिर्ता नगरेकोले रकम फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छ्न।
राजबिराजकाे राजरंगशालावाट निकालिएकाे रयाली नगरकाे विभिन्न ठाउमा नारावाजी गर्दै बचतकर्ताहरूले रकम फिर्ताकाे माग्दै बिराेध गरेका छन ।
१० हजार भन्दा बढी बचतकर्ताहरूले जम्मा गरेकाे रकम फिर्ताका लागि आन्दाेलन गर्नु परेकाे पिडितहरूकाे भनाई छ ।ग्लाेबलका संस्थापक तथा तत्कालिन अध्यक्ष सुखराम यादब,ब्यबस्थापक पंकज पाेखरेलले हामीहरूकाे रकम डुबाएकाे भन्दै उनीहरू आन्दाेलित भएकाे हाे ।जिल्लाकाे स्वास्थ चाैकीमा खटिएका महिला स्यंमसेविकाहरू आमा समुहवाट बचतकर्ताहरूकाे रकम संकलन गरी संस्थामा बचत गर्दै आएकाे थियाे ।
तत्कालिन जिल्ला जनस्वास्थ कार्यालय प्रमुख बिजय झाले ग्लाेवल सहकारी मार्फत बचत गर्न दवाव दिएकाे भन्दै उनलाई पनि कार्यवाहीकाे दायरामा ल्याउनुपर्नेमा जाेड दिएका छन ।
बचतकर्ताकाे रकम अनियमितता गरेकाे कारण सहकारी डुबेकाे र तत्कालिन अध्यक्ष यादब र पाेखरेल सम्पर्क बिहिन बनेकाेले उनीहरू बिरूद्व प्रहरीमा ठग्गी मुद्वा चलाईसकेकाे पिडित बिनाेद यादबले बताउछन ।
उनीहरूले संस्थाकाे रकम अनियमितता, हिनामिना, ठगी गरेकाे निवेदन दिएकाे यादबकाे भनाई छ ।
“कि त मारी देउ, कि त हाम्राे समस्या टारि देउ, सहकारी पिडितलाई न्याय देउ” लगायतका नारा बाजी गर्दै रंगशालावाट ५ सय भन्दा बढी महिला बचतकर्ताहरू सहभागीतामा निस्केकाे जुलुस नगर परिक्रमा पश्चात् साेही ठाउमा पुगी बिराेध सभामा परिणत भएकाे थियाे ।
कोणसभावाट आन्दाेलनकाे घाेषणा गर्दै माघ १४ गते जिल्ला स्वास्थ कार्यालय राजबिराजमा तालाबन्दी गरी कामकाज ठप्प गर्ने कार्यक्रम तय गरिएकाे बचतकर्ता बिनाेद यादबले जानकारी दिए ।

Facebook Comments Box