सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका ४ बर्लादहमा तीन दिने परम्परागत खाना र अर्थव्यवस्था तालिम सोमबारदेखि शुरु भएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र ( सिप्रेड) ले आयोजना गरेको तालिमको उद्घाटन सिप्रेडका कोषाध्यक्ष रुषा श्रेष्ठको अध्यक्षतामा र मधेश प्रदेशका पुर्ब कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले एक कार्यक्रमका विच उद्घाटन गरेका छ्न ।
उद्घाटन कार्यक्रममा सिप्रेडका कार्यकारी निर्देशक डा. पासाङ डोल्मा शेर्पाले कार्यक्रमको उदेश्य र संस्थाको काम कर्तव्य र अधिकारको बारे जानकारी गराइन ।
संस्थाले आदिवासी जनजातिको प्रथाजन्य कानुनको मान्यता, जैविक विविधताको सन्दर्भमा संस्थाले गरेको कामको बारे जानकारी दिदै उनले कार्यक्रमले आदिवासी जनजाति, अन्यसमुदाय तथा देशमै ठूलो उपलब्धि हुने दावी गरिन ।
कार्यक्रममा परम्परागत खानाको महत्व र फाईदाबारे सिप्रेडका कार्यक्रम कोर्डिनेटर नरेन्द्र लामाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखिले भने सिप्रेडसंग सहकार्य गरि कार्यक्रमलाई सहयोग गर्ने र यस्ता खालको तालिमले आदिवासीहरुको आफ्नो पहिचान झल्काउने भएकाले यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए उनले भने परम्परागत खानाको माध्यमले रोजगारीको सिर्जना गर्दै आर्थिक स्तर वृद्धि हुनुकोसाथै स्वास्थ्यको दृष्टिले समेत फाइदाजनक र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
३ दिने तालिममा उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र कन्चनरुप नगरपालिकाका आदिवासी जनजाति समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णा प्रसाद ढकाललगायतकाले मन्तव्य राखेका थिए।कार्यक्रमको संचालन आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रकी फिल्ड अफिसर सरिता चौधरीले गरिन ।

Facebook Comments Box