सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको साङ छोलिङ गुम्बा फत्तेपुरमा विश्वशान्ती पुजा सोमबार देखि शुरु गरिएको छ । मन्जुश्री सम्वत २८६० डुग ल्हो ड्रागन बर्ष सोनाम ल्होछारको अवसरमा साङ छोलिङ गुम्बा फत्तेपुरद्वारा आयोजित ४ दिने बिश्व शान्ति पुजा सप्तकोसी नगरप्रमुख कृष्ण प्रसाद ढकालले एक कार्यक्रमका बिच दिपप्रज्वलन गर्दै उद्घाटन गरेका छ्न। साङ छोलिङ गुम्बाका अध्यक्ष जनक बम्जन तामाङको अध्यक्षतामा आयोजित विश्वशान्ति पुजाको नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाले कार्यक्रमको उदेश्य र ४ दिन सम्म हुने कार्यक्रमको बारेमा जानकारी गराए।
उद्घाटन कार्यक्रममा बोल्दै सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णा प्रसाद ढकालले साँस्कृतिक सम्पदाहरुको जगेर्ना गर्न आफू तयार रहेको बताए ।
उनले आउँदो आर्थिक बर्षमा बजेट विनियोजन गरि साङ छोलिङ गुम्बासहितका धार्मिक क्षेत्रको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रोहिणी पोखरेल, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङ, उदयपुरका अध्यक्ष अर्जुन घिसिङ, उघोग बाणिज्य संघ फत्तेपुरका अध्यक्ष सुदास राई लगायतका उपस्थिति रहेको थियो ।
उक्त अवसरमा गुम्बाको प्राङ्गणबाट निकालिएको शान्ति पदयात्रा नगरको विभिन्न भाग परिक्रमा गरि पुन: सोही स्थानमा पुगि समापन गरिएको थियो ।
नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाको नेतृत्वमा रहेको १ दर्जनभन्दा बढी लामाहरुको सहभागीतामा हुने विश्वशान्ति पुजा माघ ११ गते सम्पन्न हुने गुम्बाका अध्यक्ष जनक बम्जनले जानकारी दिए

Facebook Comments Box