सप्तकोसी / सप्तरीको राजविराज १३ स्थित विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालयको भवन बिरोधका बिच शिलान्यास भएको छ।
कृषि विश्वविद्यालयको शिलान्यास गर्दै पुर्व उपप्रधानमन्त्री यादवले विश्वविद्यालय स्थापनाले सप्तरीबासीलाई मात्र नभएर देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।विश्वविद्यालयको पुर्वाधार निर्माणको कार्यमा सबैको सहयोग आबश्यक रहेको र विकासको बाधक कोहि बन्न नहुने यादवले बताए ।
मधेश प्रदेशका मुख्यमन्त्री एवम् विश्वविद्यालयका कुलपति सरोज कुमार यादवले मधेश कृषि विश्वविद्यालय प्रदेशकै गौरव रहेकोले बिश्वबिधालय सन्चालन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालय बन्न नदिने षड्यन्त्र गर्नेहरु मधेसी जनता र मधेश विरोधी रहेको उनले टिप्पणी गरे ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत मधेस प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने लगायतले मन्तव्य राखेका थिए।
विश्वविद्यालयका उपकुलपति एवम् मुख्यमन्त्री यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य नवलकिशोर साह, राष्ट्रियसभा सदस्य मृग्रेन्द्र कुमार सिंह यादव, पुर्व मन्त्री रेणु यादव, प्रतिनिधिसभा सदस्य रन्जु ठाकुर, मधेश प्रदेशका अर्थ मन्त्री संजय यादव, खानेपानी मन्त्री सिंहासन सा कलवार, सामाजिक विकास मन्त्री सुरिता साह, पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
मधेश कृषि विश्वविद्यालयका रजिस्टार डा. भगवान ठाकुरद्वारा संचालित कार्यक्रममा स्वागत उपकुलपति ( भिसी) डा. बैधनाथ महतोले गरेका थिए।
बिश्वबिधालय भवन शिलान्यास कार्यक्रम बिथोल्न जनमत पार्टीले कार्यक्रम स्थलमा जुलुस निकालेर नारावाजीका साथ विरोध जनाएका थिए । आफुहरुलाई जानकारी समेत नदिइ शिलान्यास कार्यक्रम गरेको भन्दै प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव, प्रदेशसभा सदस्य सतिष कुमार सिंह, सकिल अलिलगायतका नेता कार्यकर्ता विरोध प्रदर्शनमा उत्रेका थिए।।प्रदेशको शिक्षा मन्त्री विश्वविद्यालयको सहकुलपती हुने व्यवस्था हुँदाहुँदै जानकारी समेत नदिएर कार्यक्रम गर्न लागेको भन्दै आइतबार जनमतका कार्यकर्ताहरुले विश्वविद्यालय कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

Facebook Comments Box