सप्तकोसी /उदयपुरको चौदण्डीगढी नगरपालिकामा वडा न १ मा संचालित अन्तर वडा स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधी भोजपुरको आमचोकले जितेको छ । युवा तथा खेलकुद बिकास समिति चौदण्डीगढी नगरपालिका वडा न १ ले गढि दरबारमा रहेको खेलमैदानमा माघ १२ गते देखि १४ गते सम्म संचालित प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका गरि १० वडाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको आइतबार भएको फाईनल खेलमा आयोजकलाइ २५-२२, २६-२४ र २५-१८ को सोझो सेट अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि आमचोक गाँउपालिकाको टिमले जितेको छ भने आयोजकले दोस्रो पुरस्कार मै चित्त बुझाउनु परेको छ । उपाधीसंगै आमचोकले नगद ३० हजार , ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेता आयोजक चौदण्डीगढीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने जन्तेढुंगा गाँउपालिकाको वडा नम्बर १ को टिम तेश्रो स्थान प्राप्त गर्दै नगद १० हजार , ट्रफी, मेडल र प्रमाण पत्र बितरण गरेको आयोजकले जनाएको छ ।

युवा तथा खेलकुद बिकास समिति चौदण्डीगढी नगरपालिका वडा न १ का अध्यक्ष अमेम्बर राइको अध्यक्षता र नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, बिशिस्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राई लगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगिता समापन कार्यक्रमको अबसरमा वडामा भलिवलको बिकास गर्ने उदेश्यले चौदण्डीगढी वडा नम्बर १ मा रहेका बिभिन्न टोल विकास समितिका प्रतिनीधिहरुलाई एक एक थान भलिवल पनि प्रदान गरिएको खेलकुद बिकास समिति अध्यक्ष अमेम्बर राइले जानकारी दिए ।

Facebook Comments Box