उत्सव आचार्य
कञ्चनरुप / पछिल्लो समय सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको छ ।
यसै क्रममा पछिल्लो पटक सप्तरीबाट सशस्त्र प्रहरीले लाखौंको कपडा बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले आइतबार राती १० बजेको समयमा पूर्वबाट पश्चिम् तर्फ गइरहेको यात्रुबाहक बसबाट बिल बिजक नभएको ५ लाख ३१ हजार बराबरको अबैध कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहको कोशी ब्यारेजमा रहेको चेकप्वाईन्ट टोलीले नियमित चेकजाँच गर्ने क्रममा पूर्बबाट पश्चिम तर्फ गइरहेको यात्रुबाहक बसबाट बिल बिजक नभएको ५ लाख ३१ हजार २ सय बराबरको ६६४ थान लेडिज टप्स ९कुर्थी० बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिनुभयो ।
उक्त बरामद गरिएका कपडा राजविराज भन्सा कार्यालय तिलाठीमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताउनु भयो ।

Facebook Comments Box