सप्तकोसी /सप्तरीको राजबिराजमा मोटरसाइकल चोरी गर्ने तीन युवालाइ पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ। सप्तरी जिल्लाको महदेवा गाउँपालिका १ ढिकली घर भई हाल राजविराज नगरपालिका १ राजदेवी टोल बस्ने २६ बर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिस्वा वरही वडा नम्बर ५ बस्ने २७ बर्षका रणवीरलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ।
राजबिराज बाट गोलि लोड गरिएको कटुवा पेस्तोल र लागू औषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजविराज नगरपालिका ६ स्थित सानिमा बैंक अगाडीबाट माघ १२ गते राति पार्किङ गरी राखेको प्र. २-०१-००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवम् प्राबिधिक अनुसन्धान गर्ने क्रममा माघ १५ गते राजविराज ६ पुरानो बस पार्कबाट प्रदेश ०६-००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएकाे सप्तरी प्रहरी प्रबक्ता डीएसपी ढुन्डीराज न्यौपानेले बताए । उनको शरीर खानतलासी गर्दा मन्डलले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको कटुवा पेस्तोल १ थान र यसमा लाग्ने ८ एमएम लेखिएको गोली थान-१ फेला परेको उनले बताए ।
बरामद गरेको पेस्तोल र गोली नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रणबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको डिएसपी न्यौपानेले बताए ।
उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई BR 32 AT 0139 नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई पछाडि बसाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६ सय २ ग्राम फेला परेको प्रहरीको भनाई छ।
उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको

Facebook Comments Box