सप्तकोसी / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान्का कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिस्ठानका कामु उपकुलपति कार्की लाइ मंगलबार दिउँसो कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेरबहादुर कटुवाल, खेम थापा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दिउसो १ बजे उपकुलपति कार्कीको कार्यकक्षमा प्रवेश गरेका तीन मध्य एक जनाले मोविल प्रहार गर्ने प्रयास गरेको र त्यहाँ सुरक्षाका लागि खटिएका प्रहरीले रोकेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा केही समययता शिक्षक तथा कर्मचारीहरूले बढुवाको माग गर्दै आन्दोलन गरिरहेका छन्।

Facebook Comments Box