सप्तकोसी /भरुवा बन्दुक र गोली सहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ कोशी बाँधछेउबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका ५ का शैलेशकुमार झा रहेका छ्न । झालाई प्रहरीले शुक्रबार भरुवा बन्दुक त्यसमा लाग्ने ४१ राउन्ड गोली र दुई वटा हरिणको मासु सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
कोशी बाध छेउमा जंगली जनावरको सिकार गरिरहेका झालाई हतियारसहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डुण्डिराज नेउपानेले बताए।
बन्दुक र जंगली जनावर हरिणको मासुसहित पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

Facebook Comments Box