सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा स्थित आफ्नै घरमा खोटाङका एक पुर्व वडा अध्यक्ष मृत अबस्थामा फेला परेका छन । खोटाङ जिल्लाको तत्कालीन राजापानी गा बि स वडा न ३ का पुर्व वडा अध्यक्ष हाल सप्तकोसी नगरपालिका १ फत्तेपुर घर भएका बर्ष आन्दाजि ६२ का गोपाल कार्कीको शुक्रबार मृत अबस्थामा आफ्नै घरमा शव फेला परेको छ ।
शुक्रबार दिउँसो घरको कोठाको ढोका छेउमा कार्कीलाइ ढलेको अबस्थामा नजिकै रहेको फर्निचर उधोगमा काम गर्ने कामदारले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कार्की आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परे पछि कहिले र के कारणले मृत्यु भएको नबुझिएको प्रहरीले जनाएको छ । कार्की अत्याधिक मदिरा सेवन गरि हिड्ने गरेको स्थानीय हरु बताउछन् कार्कीका एक श्रीमती दुइ छोरा बिराटनगरमा रहेको भएता पनि कार्की परिवार संग नबसि बिगत लामो समय देखि एक्लै बस्दै आएको पारिवारिक श्रोत बाट बुझिएको छ।
घटना स्थलबाट आबाश्यक प्रक्रिया पूरा गरि उनको शव परिक्षणका लागि राजविराज लगिएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

Facebook Comments Box