सप्तकोसी / उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको सगरमाथा बिमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले निरीक्षण गरेका छ्न।
निरीक्षणको क्रममा शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा विमानस्थल पुगेका मन्त्री किराँतीले भने हाम्रो देशमा विमानस्थल बनाउन सजिलो नभएको र बनिसकेपछि सञ्चालन गर्न समेत कठिनाइ रहेको बताएका छ्न । हाम्रो देशमा जसोतसो बिमानस्थल निर्माण गर्यो न्यामित संचालनमा समेत समस्या देखिएको छ नेपालमा अहिले २२ वटा विमानस्थल निर्माण भएर पनि संचालनमा आउन नसकेको उनले बताए ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको विमानस्थलको अहिले सम्म रुख कटान गर्ने कार्य मात्र सम्पन्न भएको छ । सगरमाथा बिमानस्थलमा १५६ हेक्टर वन क्षेत्र रहेको छ। विमानस्थलको लागि नेपाल सरकारले प्रयाप्त बजेट नछुट्याउदा रुख कटान बाहेकका काम अघि बढ्न नसकेको स्थानीयहरु बताउछन् । बिमानस्थल निर्माणका लागि तीन अर्व बन्दा बढि बजेट लाग्ने भएता पनि सरकार ले विमानस्थलका लागि यस बर्ष ५ करोड मात्र बजेट विनियोजन गरिएको छ ।

Facebook Comments Box