सप्तकोसी /प्रदेश सरकारले १ न प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि शुरु भएको आन्दोलन करिब एक वर्षपछि प्रदेश सरकार र पहिचान बादि संघर्ष समिति बिच वार्ता गरि पाँच बुँदे सहमति भएको छ । प्रदेश सरकारले १ न प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेपछि कोशी खारेजीको माग राख्दै पहिचान बादिहरुले आन्दोलन गर्दै आएका कारण राजनीतिक अस्थिरता भैरहेकोबेला प्रदेश सरकारले माघ २५ र २६ गते वार्ता टोलि गठन गरि वार्तामा बसेका थिए । सरकारी पक्ष र आन्दोलनरत पक्षको संयुक्त दुबै पक्ष वार्तामा बसेपछि तत्कालका लागि पाँच बुँदे सहमति भएको छ । पहिचानवादि संयुक्त संघर्ष समिति र प्रदेश सरकार बिच पाँच बुँदे सहमती गरि सहमति पत्रमा दुबै पक्षका वार्ता टोलि सदस्यहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

प्रदेश सरकार र पहिचानबादि बिच प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने ,आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ,पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रवन्ध गर्ने , आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाई र मुद्धा लागेका व्यक्तिहरुको मुद्धा फिर्ताको प्रकृया प्रदेश सरकारले अगाडी बढाउने अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गते भन्दा अगाडी बस्ने गरी समय र स्थान निर्धारण गर्ने सहमति भएको छ।

Facebook Comments Box