सप्तकोसी /सप्तरीको राजबिराज कारागारमा एकजना कैदीबन्दि झुन्डिएको अवस्थामा मृत फेला परेका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ घर भएका १९ वर्षीय देवेन्द्र मण्डल मृत अबस्थामा आइतबार कारागारमा फेला परेका हुन ।
सप्तरीको राजबिराज कारागारमा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि रहेका मण्डल कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेका सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
मण्डल जबरजस्ती करणी मुद्दामा २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।मण्डलको आत्महत्या घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

Facebook Comments Box