सप्तकोसी /जिल्ला ब्याडमिन्टन संघ सप्तरीको साधारणसभा शनिबार सम्पन्न संघको अध्यक्षमा दिपक कार्की चयन भएका छ्न।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा सम्पन्न जिल्ला ब्याडमिन्टन संघ सप्तरीको साधारणसभाबाट संघको तदर्थ समिति बिगटन गरि दिपक कार्कीको अध्यक्षतामा संघको १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। संघको सप्तरी जिल्ला कार्य समितिको अध्यक्षमा दिपक कार्की बरिस्ठ उपाध्यक्ष दिपककुमार खड्का उपाध्यक्ष खगेन्द्र कार्की, उपाध्यक्ष दिपेशकुमार चौधरी ,उपाध्यक्ष शुशिलकुमार मण्डल सचीव बिष्णुकुमार यादब सहसचिव रजाउल हक कोषाध्यक्ष प्रमिला परियार सर्बसहमत चयन भएका छ्न। सदस्यहरु निरन्जन यादव ,मदन यादव ,रबिकृष्ण राउत,योगेन्द्र चौधरी ,किशोर चौधरी ,नवराज खत्री र सलिना राउत चयन भएका छ्न ।

जिल्ला ब्याडमिन्टन संघ सप्तरीको तदर्थ समितिका अध्यक्ष दिपक कार्की अध्यक्षता तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य महेशमान श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका मधेस प्रदेश अध्यक्ष तुलसी नारायण श्रेष्ठ ,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल,जिल्ला खेलकुद बिकास समिति सप्तरीका पुर्व अध्यक्ष एजेट लामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरका अध्यक्ष अजय श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए। संघका नव निर्बाचित पदाधिकारीहरु लाइ ब्याडमिन्टन संघका केन्द्रिय सदस्य महेशमान श्रेष्ठ मधेस प्रदेश अध्यक्ष तुलसीनारायण श्रेष्ठ र निर्बाचन समिताका संयोजक धर्म बहादुर खत्रीले टिका खादा लगाएर प्रमाणपत्र बितरण गरेका थिए। नव निर्बाचित जिल्ला ब्याडमिन्टन संघ सप्तरी कार्यसमितिको ४ बर्षिय कार्यकाल रहने छ।

Facebook Comments Box