सप्तकोसी /खोटाङ जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा पर्शुराम थापा सर्वसहमत चयन भएका छ्न ।
खोटाङ जिल्ला ब्याडमिन्टन संघको दिक्तेलको भुल्केमा शनिबार सम्पन्न साधारणसभाबाट पर्शुराम थापाको अध्यक्षतामा संघको १७ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। जिल्ला ब्याडमिन्टन संघ खोटाङको नवनिर्बाचित अध्यक्षमा पर्शुराम थापा ,उपाध्यक्ष रेणुका राई मगर,उपाध्यक्ष सिताराम राई,उपाध्यक्ष गोबिन्द मगर,उपाध्यक्ष-ममता राई,सचिव-मनोज राई,कोषाध्यक्ष स्मिता राई,सदस्यहरु-दिनेश राई, प्रकाश राई, राज कुमार राई,प्रशान्त पोख्रेल,रबिन सुयल,नयन राई,दुर्गा रसाइली,लिलाभक्त केशि,दिपक रसाइली,विशाल मगर चयन भएका छ्न । संघका नव निर्बाचित पदाधिकारीहरु लाइ कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश ब्याडमिन्टन संघका प्रदेश सदस्य दिपक राइले टिका खादा लगाएर बधाई तथा शुभकामना दिएका दिए।

Facebook Comments Box