सप्तकोसी नगरपालिकाले विभिन्न कार्यक्रम गरि मनायो प्रजातन्त्र दिवस



सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि मनायो ७४ औं प्रजातन्त्र दिवस ।
सप्तकोसी नगरपालिकाले सोमबार ७४ औं प्रजातन्त्र दिवसको अबसरमा विभिन्न जातजातिको भेषभुषामा पन्चेबाजा र झाकि सहित नगरपालिका बाट निस्केको र्यालीले फत्तेपुर बजार परिक्रमा गरि सहिद स्मृति रंगशाला फत्तेपुरमा पुगि सभामा गरि सम्पन्न भएको छ। सभामा स्थानिय राइ, मगर,नेवार,मुस्लिम र थारु समुदायको भेषभुषा झल्किने पोषाक र झाकी प्रदर्शन गरेका थिए।

७४ औं प्रजातन्त्र दिवस कार्यक्रम मा बोल्दै सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकालले भने यो मुलुकमा प्रजातन्त्र स्थापना मा योगदान पुर्याउने सम्पुर्ण सहिदहरु प्रति सम्झना गर्दै प्रजातन्त्र स्थापना पछि मात्र नेपाली जनताले मुक्ती पाएको बताए।
कार्यक्रम मा विभिन्न जातजाति,राजनीतिक दल,विभिन्न संघसस्था ,सहकारी ,नगरभित्र रहेका सामुदायिक र सस्थागत बिधालयका बिद्यार्थी हरुको उल्लेखनीय सहभागीता रहेको थियो।



प्रजातन्त्र दिवसको अबसरमा नगरपालिका ले पुरुष जनप्रतिनिधि र कर्मचारी बिच गराएको फुटबल प्रतियोगिता मा जनप्रतिनिधि बिजयी भए भने महिला जनप्रतिनिधि र कर्मचारी बिच भएको डोरि तान्ने प्रतियोगितामा महिला कर्मचारी बिजयी भएको नगरपालिकाले जनाएको छ।


