कार्यसम्पादन मूल्याकंनमा सप्तकोसी नगरपालिका दोस्रो स्थानमा



सप्तकोसी / कार्यसम्पादन मूल्याकंनमा सप्तकोसी नगरपालिका दोस्रो स्थानमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मंगलवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सप्तरीको सुरुङ्गा नगरपालिकाले ४२.०२ अंक प्राप्त गरी जिल्लाको पहिलो पालिका बनेको छ भने ३४.८४ अंक सहित सप्तकोसी नगरपालिका दोस्रो पालिका भएको छ। जिल्लामा रहेको १८ वटा पालिकाहरुमध्ये राजबिराज नगरपालिकाले १०.७४ अंक प्राप्त गरी १८ औं स्थानमा रहेको छ ।
मधेस प्रदेश तथा कार्यसम्पादन मूल्याकंन कार्यविधि ,२०७८ अनुसार १७ वटा सुचाङ्कमा एकसय अंक प्राप्त गरेको आधारमा आयोगले मूल्याकंन गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१८ पालिकाहरुमध्ये पहिलो सुरुङा
दोश्रो सप्तकोशी तेश्रोमा हनुमाननगर कंकालिनी नगरपालिका चौथोमा, तिलाठी कोइलाडी गाउँपालिका पाँचौ स्थानमा कन्चनरुप नगरपालिका रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी छैठौं स्थान अग्नीसाईर कृष्णासवरन सातौं स्थानमा वोदेवरसाइन नगरपालिका आठौं स्थानमा वलान विहुल गाउँपालिका नवौं स्थान रुपनी गाउँपालिकाले दशौ स्थानमा खडक नगरपालिकाले एघारौं स्थानमा डाक्नेश्वरी नगरपालिकाले ब्राऔं स्थानमा विष्णुपुर गाउँपालिकाले तेह्रऔं स्थानमा तिरहुत गाउँपालिका चौधौं स्थानमा छिन्नमस्ता गाउँपालिका पन्द्रऔं स्थानमा महदेवा गाउँपालिका सोह्रौ स्थानमा राजगढ गाउँपालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेश गरे / नगरेकोमा अंक भार ५ , असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेशगरि असार मसान्तभित्र पारित गरे / नगरेकोमा अंक भार ५ , कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दरको लागि अंक भार ३, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दरको लागी अंक भार ३ , सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरिकृत अंक जिपिए १.६ वा सो भन्दा उच्च जिपिए मुल प्रमाणपत्र प्राप्त गरेको विद्यार्थीको प्रतिशतको लागि अंक भार ३, चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपातको लागि अंक भार ३ तोकिएको छ । आगामी आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण चालु आ. व.को पुस मसान्तभित्र संघीय अर्थ मन्त्रालयमा पेश गरे / नगरेकोमा अंक भार ५, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरि त्यस सम्बन्धि विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे / नगरेकोमा अंक भार ५ , आफ्नो अघिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्थामा अंक भार १३ , गत आर्थिक वर्षको विनियोजित रकम अनुसार खर्चको अवस्थाको लागि अंक भार १५ ,गत आर्थिक वर्ष भन्दा अघिल्लो आवको अन्तिम लेखापरीक्षणबाट औल्याएको बेरुजुको अवस्थाको लागि अंक भार १५ , स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रको प्रयोग प्रविष्ट गरे / नगरेकोमा अंक भार ५, घर जग्गा रजिस्टेशन शुल्क ,मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४०प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे / नगरेकोमा अंक भार ५ तोकिएको छ ।
त्यसैगरी कुल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपातको लागि अंक भार ३ , पुर्ण खोप सेवा लिएका जन्मदेखी २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपातको लागि अंक भार ३ लगायतका सुचाङ्कहरु सहितको अंक भार कार्यविधिमा रहेको छ ।
स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानिकरण अनुदान अन्तर्गत कार्यसम्पादन मुल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मुल्यांकन गरेको आयोगको प्रतिवेदनमा जनाइएको छ ।

