उत्तम आचार्य
कन्चनरुप/ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो कन्चनरुप नगर अधिबेशन शनिबार सम्पन्न भएको छ। सप्तरीको कन्चनरुप नगरपालिका ९ फुलबारी पार्टी प्यालेस रुपनगरमा शनिबार सम्पन्न राष्ट्रिय युवा संघ नेपालको तेस्रो नगर अधिबेशन बाट जैनुद्दिन मियाको अध्यक्षता मा १७ सदस्य कन्चनरुप नगर कमिटी सर्बसहमत गठन भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कन्चनरुप नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाको अध्यक्षता तथा नेकपा एमाले पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न नगर अधिबेशनले कन्चनरुप नगर कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्ष अजय पासवान , , सचिव इनरदेव सिंह , सह सचीव सुजता कटुवाल रहेका छ्न।
नव गठित नगर कमिटिका पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य केवल खत्रीले सपथ ग्रहण गराएका थिए ।

नगर अधिबेशन मा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुमनराज प्याकुरेलले युवाहरुले बिकृति बिसंगतिको अन्त्य गर्दै रास्ट्र निर्माणमा लाग्नु पर्ने बताए।युवाहरु समजका हरेक गतिविधिमा सक्रिय रुपमा लागि कुलतमा फसेका युवाहरुलाइ सहि मार्गमा ल्याउन प्रेरणादायी भुमिका निर्वाह गर्नु पर्ने युवा संघको दायित्व रहेको प्याकुरेलले बताए ।
मिसन ८४ लाइ सफल बनाउन युवाहरुको महत्वपूर्ण भुमिका रहने भएकाले आजैका मितिदेखि पाटिको संगठनलाइ मजबुत बनाएर अगाडि बढन निर्देशन दिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य हरिहर बस्नेत रास्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य केवल खत्री ,मधेस प्रदेश सदस्य शैलेश यादव लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box