नेपाल पत्रकार महासंघ सप्तरी शाखामा तालाबन्दी



राजबिराज /नेपाल पत्रकार महासंघ सप्तरी शाखामा तालाबन्दी गरिएको छ। नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सदस्यता सुद्धिकरणको सिफारिसमा भेदभाव र पक्षपात गरेको भन्दै सप्तरीका असन्तुष्ट पत्रकारहरुले नेपाल पत्रकार महासंघ सप्तरी शाखा कार्यलयमा बिहिवार तालाबन्दी गरेका छ्न ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार तथा निबर्तमान अध्यक्ष जितेन्द्र खड्गा, पुर्व अध्यक्ष विष्णु कुमार मण्डल, पत्रकार शिव नारायण साह “सुरज” लगायतको टोलिमा पुगेका पत्रकारहरुले विहान १० बजे महासंघको कार्यालयमा तालाबन्दी गरेका छ्न ।
सप्तरी जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान दिएका पुर्व अध्यक्ष लगायत क्रियाशिल पत्रकारहरुको नाम सदस्यता नवीकरण नगरु सदस्यताबाट हटाउने सूचीमा राखी सिफारिस गरेकोले महासंघको कार्यालयमा तालाबन्दी गर्न हामिहरु बाध्य भएको महासंघका सल्लाहकार तथा निबर्तमान अध्यक्ष जितेन्द्र खड्गाले बताए।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार तथा निबर्तमान अध्यक्ष खड्गाले लामो समय देखि सप्तरीको पत्रकारिता क्षेत्रमा योगदान दिएका अग्रज र क्रियाशिल पत्रकारहरुको सदस्यता नविकरण गर्नुपर्ने बताए ।
महासंघका पुर्व अध्यक्ष विष्णु कुमार मण्डलले हाम्रा जायज माग सम्बोधन नभएसम्म तालाबन्दी जारी राख्ने बताए । उनले आफुहरुमाथि महासंघले विभेदपुर्ण निर्णय गरि सदस्यताबाट हटाएकोले बाध्य भएर आन्दोलनमा जानु परेको बताए ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाले तीन बर्ष वितिसक्दा पनि एकपटक पनि साधारणसभा नगरेको, सदस्यता सुद्विकरणको नाममा पक्षपात गरि सदस्यता नविकरण नगरेको, योग्य पत्रकारहरुलाई सदस्यता प्रदान नगरेको भन्दै साधारणसभाको मिति ३ दिनभित्र घोषणा गरि महासंघमा कायम एक सय जना सम्पुर्ण सदस्यहरुलाई सहभागी गराउन माग गर्दै तीन दिने अल्टिमेटमसहित महासंघका अध्यक्ष श्रवण कुमार देवलाई यस अघि नै ज्ञापनपत्र बुझाएता पनि महासंघका नेतृत्वले बेवास्त गरि जायज मागलाइ सम्बोधन नगरेको ले महासंघको कार्यलयमा तालाबन्दी गरिएको महासंघका सल्लाहकार तथा निबर्तमान अध्यक्ष जितेन्द्र खड्गाले जानकारी दिए।



