सप्तकोसी / इटहरीबाट भोजपुरको चुहारको लागि हिडेको बोलेरो गाडी उदयपुरको मैनामैनिमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। सुनसरीको इटहरी बाट धरान हुँदै भोजपुर हिडेको को १ ज २५९३ नम्बरको बोलेरो गाडि उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मैनामैनिमा दुर्घटना परि घटनास्थलमै ७ जनाको मृत्युभएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मैनामैनिको दुर्घटनामा परि मृत्यु हुनेहरुमा सवारी चालक इटहरी नगरपालिका १६ सुनसरीका ४२ बर्षिया मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० बर्षिया पर्वतमाया राई, भोजपुरा हतुवागडी २ कै २३ बर्षिया चन्द्रप्रकाश राई, सोहि ठाउँका ६ महिने बालक दिसांग राई, भोजपुर हतुवागडी ९ का ६८ बर्षीय पदम बहादुर थापा, भोजपुरा हतुवागडी ५ का ३० बर्षिया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० बर्षिया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुको सुनसरीको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ ।
मृतकको शव पोस्टमाटमका लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा धरान पठाईएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box