सप्तकोसी / मधेश प्रदेश सरकारमा ४ मन्त्री थपिए राजकुमार लेखीले गृह,संचार तथा कानुन मन्त्रालय पाएका छ्न। सप्तरी क्षेत्र न १ क बाट प्रदेश सभा सदस्य बनेका नेकपा एमालेका केन्द्रिय सदस्य राज कुमार लेखी मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुनमन्त्रीमा नियुक्त भएका छन ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा शनिबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लेखीसहित ४ जनालाई विभिन्न मन्त्रालयको जिम्मेवारी सहित मन्त्री पदमा नियुक्त गरिएको छ ।
मधेस प्रदेश सरकारको नव नियुक्त भएका मन्त्रीहरुमा सप्तरी १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् ।
पदभार ग्रहण गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले मधेश प्रदेशमा सूचनाको हकको पूर्ण कार्यान्वयन गराउने निर्णय गरेका छन ।
पदभार ग्रहण गर्नेक्रममा लेखीले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । मन्त्री लेखीले नागरिकको सुरक्षा, सूचनाको हक, सञ्चार क्षेत्रमा रहेका समस्याको समाधान गरी कानुन निर्माणमा आफूले काम गर्ने बताए ।

Facebook Comments Box