नागरिकको शिर नझुक्ने गरि बिकासको काम गर्ने:मन्त्री लेखि



सप्तकोसी /सप्तरी क्षेत्र न १ का प्रदेश सभा सदस्य तथा मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले आफ्नो क्षेत्रका नागरिकहरुको शिर नझुक्ने गरि बिकासको काम गरेने बताएका छ्न। सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मंगलबार नेपाल पुर्व प्रहरी संगठन सप्तकोसी नगरकमिटिले आयोजना गरेको नव नियुक्त भएका मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै मन्त्री लेखिले भने मलाई यस क्षेत्रका मतदाताले बिश्वास गरि दिएको मतको सहि सदुपयोग गर्दै यस क्षेत्रमा प्राबिधिक क्याम्पस स्थापना, कोशी टप्पु बन्यजन्तु आरक्षण बाट हुने क्षेति न्यूनीकरण,शिक्षा स्वास्थ्य,खेलकुद लगायत समग्र यो क्षेत्रको बिकासमा आफ्नो समय खर्चिने र प्रदेशमा भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने र प्रदेशका नागरिकलाइ सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता जनाए ।
गृह, संचार तथा कानुन मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र आएका लेखिलाइ नेपाल पुर्व प्रहरी संगठन सप्तकोसी नगर कमिटीले माला खादा लगाएर स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका छ्न।
सप्तरी क्षेत्र न १ क बाट निर्बाचित प्रदेश सभा सदस्य लेखिले तीनवटा विषयसंग सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाएका छ्न। मन्त्री को स्वागत कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले यस क्षेत्रमा एउटा संचारको माध्यम रेडियोको आवश्यक्ता रहेकोले रेडियो स्थापनाको लागि पहल गरि दिन आग्रह गरे भने सोहि कार्यक्रममा बोल्दै समाज सेबि अशोककुमार चौधरी, शम्भुबहादुर खड्काले फत्तेपुरमा रहेको प्रहरी चौकि स्तरोन्नति गरि इलाका प्रहरी कार्यलयका लागि पहल गर्न सुझाएका छ्न।मन्त्रीको स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद ढकालले कोशी टप्पु बन्यजन्तु आरक्षण बाट हुने क्षेति नियन्त्रण,जग्गाको सिमान्कन,त्रियुगा नदि तथा खहरे खोला नियन्त्रण,पर्यटकिय स्थल निर्माण र सर्पदङ्स उपचार केन्द्र संचालनमा पहल गरि दिन सुझाए।

कार्यक्रममा आएको सुझाव लाइ सम्बोधन गर्दै मन्त्री लेखिले सूचनाको हकको पहुँच सर्वसाधारण सम्म पुर्याउने, भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्न आबश्यक नीति बनाउने र गृह प्रशासनलाई प्रभावकारी बनाउन र सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण तथा प्रदेशबासीलाई सुरक्षाको प्रत्याभूति कसरी मिलाउने विषयमा विज्ञहरुले दिएको सुझाव तथा सल्लाह बमोजिम योजना बनाउने मन्त्री लेखीले बताए ।
नेपाल पुर्व प्रहरी संगठनका सप्तकोसी नगर अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल ,निबर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा ,वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल, सामुदायिक बन महासंघ सप्तरीका अध्यक्ष अशोककुमार चौधरी,समाज सेबि शम्भुबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेका थिए।



