नेकपा एमाले उदयपुरको अध्यक्षमा राउत निर्बाचित



सप्तकोसी / नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । नेकपा एमालेको उदयपुरको बिहीबार सम्पन्न निर्वाचनमा राउत ३ सय ४४ मत ल्याइ जिल्ला अध्यक्षमा निर्वाचित भएका छ्न राउतका प्रतिद्वन्द्वी परमेस्वर घिमिरेले २सय ३० मत मात्र प्राप्त गरेका छ्न।
नेकपा एमाले उदयपुर जिल्ला उपाध्यक्षमा चौदण्ढि गढि नगरपालिका का नगर प्रमुख समेत रहेका कालुमान लामाले १ सय ९२ मत ल्याएर १ मतको मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् उनका प्रतिद्वन्द्वी दिलबहादुर तामाङले १ सय ९१ मत प्राप्त गरेका छ्न।
जिल्ला सचिवमा टेक बहादुर राउतले १ सय ९१ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी सम्भू पौडेलले १ सय ८३ मत ल्याएका छन् ।
उपसचिवमा हेम खड्काले १सय ९४ मत ल्याएर निर्वाचित भएका छन् ।
महिला उपसचिवमा गंगा राईले २ सय ६० मत सहित निर्वाचित भएकी छन् राइको प्रतिद्वन्दी महेश्वरी राईले १सय ४९ मत प्राप्त गरेकि छ्न।

