मधेस प्रदेशका विभिन्न कार्यलयको मन्त्री लेखिले गरे छ्ड्के निरीक्षण



धनुषा /मधेश प्रदेशका विभिन्न मन्त्रालय मातहाका कार्यलयहरुमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आइतबार छड्के निरीक्षण गरेका छन ।
मन्त्री लेखिले मधेश प्रदेश सरकारको मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डको कार्यालयमा मन्त्रालयका सचिव, संचारकर्मिको टोली सहित छड्के निरीक्षण गर्न पुग्दा कार्यालयमा कार्यलय प्रमुख सहित कर्मचारी अनुपस्थित रहेको भेटिएको छ ।
कार्यालयमा मन्त्री अनुगमन गर्न आएको खबर कार्यालयमा हुनासाथ मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दाससहितका पदाधिकारी उपस्थित भए पनि आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डको कार्यालयमा भने कार्यालय सहयोगी बाहेकका कर्मचारी भेटिएनन् । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्षसहितको उपस्थित पदाधिकारीलाई काउन्सिलको कामकाज सुधारका लागि मन्त्रीले निर्देशन दिएका छन।
मन्त्रीले मातहतका कर्मचारीहरुलाइ कार्यलयको काम चुस्तदुरुस्त गर्न आग्रह गर्दै एक सातामा गर्ने काम तीन दिनमा र तीन दिनमा गर्ने काम २४ घण्टा भित्र सम्पन्न गर्ने गरि गर्न आग्रह गरे । छड्के निरीक्षणपछि सञ्चारकर्मीहरु संग कुरा गर्दै लेखिले आफु मन्त्री भएपछि मन्त्रालय मातहतका कार्यालयको कामकाज बारेमा बुझन छड्के गरेको र आफुले सोचेभन्दा बढी कार्यलयको अवस्था दयनीय देखिएको बताए ।
मन्त्री लेखिले यस विषयमा कार्यालयका प्रमुखसहितका कर्मचारीलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरिने र मन्त्रालय मातहातका कार्यलयको कामकाजलाइ चुस्तदुरुस्त बनाउन पहल गर्ने बताए ।

