सप्तकोसीमा ६७ औं राष्ट्रिय सहकारी दिवास विभिन्न कार्यक्रम गरि मनाइयो



सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका मा ६७ औं राष्ट्रिय सहकारी दिवस मङलबार विभिन्न कार्यक्रम गरि मनाइयो। “सहकारीमा सुशासन ,प्रबिधि र एकीकरण”भन्ने मुल नाराका साथ सहकारी समन्वय समिति सप्तकोसी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रभातफेरि गरि नगर परिक्रमा गरि सभामा परिणत भएको थियो।
सभामा बोल्दै नगरप्रमुख कृष्णप्रसाद ढकालले सहकारी व्यवसायको संरक्षणमा र प्रबर्द्धनमा नगर सरकार गम्भीर रहेको बताए ।
कार्यक्रममा बोल्दै बिपन्न महिला उत्थान कृषि सहकारी सस्थाकि अध्यक्ष नरदेबि कार्कीले देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुयाउने सहकारी व्यवासायको संरक्षण र प्रबर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुनु पर्ने बताइन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारी संस्थामाथी भईरहेको चौतर्फी आक्रमण देशका लागि शुभसंकेत नभएको र सहकारीको माध्यमले देशमा व्यप्त अभाव र बेरोजगारी समस्या न्यूनीकरणमा ठुलो योगदान गरेको बताए ।
सहकारी समन्वय समिति सप्तकोसीका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल,निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल,मनकामना बहुमुखी सहकारी सस्थाका अध्यक्ष अशोककुमार चौधरी,फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष पारस दहाल,बिपन्न महिला उत्थान कृषि सहकारी सस्थाकि अध्यक्ष नरदेबि कार्की लगायतले शुभकामना मन्तव्य राखेको आयोजक समितिका संयोजक दिपककुमार खड्काले जानकारी दिए।

