सप्तकोसी/ सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी सस्थाले आफ्नो स्थापनाको ५० औं बर्ष पुरा गरि ५१ औं बर्षमा प्रवेश गरेको अबसरमा स्वर्ण जयन्ती मनाउने भएको छ। जिल्लाकै पुरानो सहकारी संस्थाहरुमध्येको एक त्रियुगा बहुमुखी सहकारी सस्थाले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरेको अवसरमा ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती २०८० चैत्र २८ गते विभिन्न खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।
२०२९ सालमा साझा सस्थाको रुपमा सस्थापक अध्यक्ष गोबिन्द बहादुर बस्नेत लगायत ५ जना सेयर सदस्यबाट धरमभकारिको रुपमा मुठि अन्न तथा प्रतिसेयर १० रुपैयाँ का दरले जम्मा गरि शुरु गरिएको सस्था जिल्ला मा खोलिएका २५ साझा सस्था मध्ये एक मात्र जिबित सस्था हो त्रियुगा ।
त्रियुगा साझाको सस्थाको रुपमा शुरु गरिएको सस्था २०४८ मा सहकारी ऐन लागु भए पछि त्रियुगा बहुमुखी सहकारीको रुप सन्चालन हुदै आएको सस्थाले आफ्नो स्थापनाको ५० औं बर्ष पुरा गरि ५१ औं बर्षमा प्रवेश गरेको अबसरमा विभिन्न खेलकुद प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आफ्नो स्थापनाको स्वर्ण जयन्ती चैत्र २८ गते मनाउन लागेको हो।
त्रियुगा सहकारीले स्वर्ण जयन्तीको अबसरमा आयोजना गरेको नगरभरिका सहकारी कर्मचारी र सरकारी कर्मचारी बिचको फुटबल प्रतियोगिता चैत्र २० गते ६७ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा खेलाएको छ प्रतियोगिता मा सरकारी कर्मचारी लाइ ४-२ को गोलान्तरले हराउँदै सहकारी कर्मचारीको टिम बिजयि भएको छ सहकारी कर्मचारीको तर्फबाट फत्तेपुर बहुउद्देश्यीय सहकारीका कर्मचारी किरण भट्टराई ,रक्तमाला सहकारीका का ब्याबस्थापक बिकास घिमिरे,त्रियुगा बहुमुखी सहकारीका कर्मचारी आशिष लामिछाने र सानाकिसान सहकारीका कर्मचारी रमानन्द मन्डलले एक एक गोल गरेर टिमलाई बिजयि बनाएका थिए भने सरकारी कर्मचारीको तर्फबाट अमित चौधरी र शिशिर खतिवडा ले एक एक गोल गरेर उपबिजेतामा मात्र चित्त बुझाएको छ।
स्वर्ण जयन्ती को अबसरमा आयोजना २२ गते आयोजना गरिएको सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक बिधालय बक्तित्वकला प्रतियोगिता मा राष्ट्रिय मा.बि फत्तेपुरकि छात्रा आशिका बि.क. प्रथम जनता मा.बि भगनिकि बिनिता खडका दोस्रो र नन्द उ. मा. बि.ओद्राहाकि छात्रा सिद्ध कुमारी झा तेस्रो भएको त्रियुगा बहुमुखी सहकारी सस्थाका सहायक ब्याबस्थापक कर्ण प्रसाद भट्टराई ले जानकारी दिए। यसैगरी चैत्र २३ सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक र सस्थागत बिधालय बिच हाजिरीजबाफ प्रतियोगिता चैत्र २४ गते सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि चैत्र २८ गते रक्तदान कार्यक्रम ८० बर्ष माथिका जेष्ठ सेयर सदस्य सम्मान लगायत विभिन्न जनजातिका झाकि सहित शुभकामना आदानप्रदान गरि स्वर्ण जयन्ती मनाइने र सोहि अबसर आयोजित विभिन्न खेलकुद प्रतियोगिताका बिजेता टिमहरुलाइ ट्रफि,मेडल र प्रमाणपत्र लगायतका पुरस्कार बितरण गरिने त्रियुगा बहुमुखी सहकारीका सस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीले जानकारी दिए।

Facebook Comments Box