सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी सस्थाको स्वर्ण जयन्तीको अबसरमा आयोजित नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ। सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा त्रियुगा बहुमुखी सहकारीको आयोजना तथा सप्तरी जिल्ला ब्याडमिन्टन संघ र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर को प्राबिधिक सहयोगमा सप्तकोसी नगरपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता मा समुह ए र बि गरि १७ जोडीले सहभागीता जनाएका थिए।

समुह ए र बि गरि दुई समुहमा बिभाजन गरेर खेलाएको प्रतियोगितामा समुह तर्फ बालकृष्ण घिमिरे र एजेट लामाको जोडी प्रथम सुरज खडका आशिष पोखरेलको जोडि दोस्रो भए भने रमेश पौडेल जोडी हेम भट्टराई र अमर बि क जोडी बुद्ध खडका तेस्रो भएका छ्न।

समुह बि तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडी प्रथम शम्भु चौधरी अरुण कटवालको जोडी दोस्रो बिशाल पौडेल जोडी रणबहादुर मगर र प्रतिक बिस्ट र उदय बानियाको जोडी तृतीय भएका छन। यसै गरि शुक्रबार सम्पन्न सप्तकोसी नगरपालिका अन्तर बिधालय स्तरीय हाजिरजबाफ प्रतियोगिता मा सरस्वती बिद्या मन्दिर फत्तेपुर प्रथम लिटिल स्टार बोर्डिङ स्कुल दोस्रो पाइनियर बोर्डिङ स्कुल तेस्रो भएको थियो। प्रतियोगिता मा प्रथम,दोस्रो र तृतीय हुने टिम लाइ सहकारीको चैत्र २८ गते हुने स्वर्ण जयन्तीको दिन ट्र्फि,मेडल र प्रमाणपत्र बितरण गरिने त्रियुगा सहकारीका ब्याबस्थापक दिपक कार्कीले जानकारी दिए। त्रियुगा बहुमुखी सहकारी सस्थाले आफ्नो स्थापनाको ५० औं बर्ष पुरा गरि ५१ औं बर्षमा प्रवेश गरेको अबसरमा विभिन्न खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम गरि चैत्र २८ गते स्वर्ण जयन्ती मनाउने भएको छ।

Facebook Comments Box