सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा सामुदायिक बन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशले प्रदेश स्तरीय सामुदायिक बन तथा कृषि सरोकारवालाहरु बिच सवालगत बहस तथा महासंघको मधेस प्रदेश स्तरीय बैठक बसि ३० बुदे सप्तकोसी घोषणापत्र जारि गर्दै शनिबार सप्पन्न भएको छ।

सामुदायिक बन महासंघ सप्तरी जिल्लाको आयोजनामा र सप्तकोसी नगरपालिका मा रहेका रक्तमाला, पर्सा,गङाजलि,बलार्दह,बेल्हादेबि र कन्चनरुप नगरपालिकाको निकुरि हातिलेट सामुदायिक बनको सहकार्यमा रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समित फत्तेपुरमा सम्पन्न कार्यक्रम सामुदायिक बन महासंघ सप्तरी अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका गृह ,संचार तथा कानुन मन्त्री राजकुमार लेखिको प्रमुख आतिथ्यतामा तथा सामुदायिक बन महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारी ,सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा सप्तकोसी नगरपालिकाका नि बर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा सप्तरी जिल्ला महासंघका सस्थापक अध्यक्ष नारायणप्रसाद आचर्य महासंघका केन्द्रिय पदाधिकारी प्रदेश पदाधिकारी,सामुदायिक बन उपभोक्ता महासंघ मधेस प्रदेशका ८ वटै जिल्ला अध्यक्ष पदाधिकारी लगायत विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री लेखि:तस्बिर saptakoshiserofero

कार्यक्रममा वोल्दै प्रमुख अतिथी गृह,संचार तथा कानुन मन्त्री राजकुमार लेखिले भने प्रदेशमा किसान र सामुदायिक बन उपभोक्ताले चाए जस्तो ऐन कानुन निर्माण गर्ने बताए।ऐन कानुन,नियमावली तथा निर्देशिका वनाउदा पनि महासंघका पदाधिकारीहरु संग आवश्यक सुझाव लिने कार्य थालिसकेको र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर बनाउने बताए । कार्यक्रममा विशिष्ट अतिथी महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले संघ र प्रदेशमा देखिएको अन्यौलताले सामुदायिक वनलाई गंभिर असर पारिरहेको र सामुदायिक वन उपभोक्ता समूहको अधिकार, वन क्षेत्रमा मानव अधिकारको सुनिश्चितता, महिला अधिकार, आदिवासी जनजाति, स्थानीय समुदाय, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्नुका लागि आफु अहोरात्र खट्ने समेत बताए।
कार्यक्रम बोल्दै महासंघका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्माले वन वातावरण र जैविक विविधता संरक्षणका लागि सामुदायिक वन नै सर्वोत्तम रुपमा सफल भएको बताउदै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र राजनीतिक दलहरु समेतले निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र लगायतका थप केन्द्रिकृत संरक्षित क्षेत्रहरु घोषणा गर्न तल्लिन रहेको देखिएकोले उक्त कार्य तत्काल रोकी सामुदायिक वनका माध्यमबाट वन, वातावरण र जैविक विविधता संरक्षण गर्ने अभियानलाई निरन्तरता दिई दिनुपर्ने बताए । कार्यक्रममा रक्तमाला नमुना सामुदायिक बनका उपभोक्ता शम्भु बहादुर खडका ,सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल,सप्तरी जिल्ला सामुदायिक बन महासंघका सस्थापक अध्यक्ष नारायणप्रसाद आचर्य,सप्तकोसी नगरपालिका नि बर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, सप्तकोसी नगरप्रमुख कृष्णप्रसाद ढकाल लगायले शुभकामना मन्तव्य राखेका थिए।
यसैगरि सरोकारवालाहरु संगको सवालगत बहस कार्यक्रम समाप्ति संगै सामुदायिक बन उपभोक्ता महासंघ नेपालको मधेस प्रदेशको प्रदेश स्तरीय बैठक बसि मधेस प्रदेशमा रहेका सामुदायिक बन अभियानलाइ पक्ष पोषण र सहजीकरण गर्नको लागि प्रदेश स्तरको सामुदायिक बन उपभोक्ता महासंघ नेपाल क्रियाशिल रहेको ठहर गर्दै मधेस प्रदेशमा रहेका बन क्षेत्रको दिगो ब्याबस्थापन गरि समृद्ध मधेस प्रदेश निर्माणका लागि यो महासंघ प्रदेश सरकार तथा सम्बद्ध सरोकारवालाहरु संग सदैव सहकार्य गर्न तयार रहेको ठहर गर्दै सामुदायिक बन र यससंग जोडिएका केहि पक्षहरु समाबेश गर्दै ध्यानाकर्षणका निमित्त ३० बुदे सप्तकोसी घोषणापत्र जारि गर्दै सामुदायिक बन उपभोक्ता महासंघ नेपाल मधेस प्रदेशको प्रदेश स्तरीय बैठक सम्पन्न भएको महासंघका मधेस प्रदेश अध्यक्ष सोम प्रसाद शर्माले जानकारी दिए ।

Facebook Comments Box