जनकपुरमा एक दिने सुरक्षा गोष्ठी सम्पन्न



जनकपुरधाम/मधेस प्रदेश स्तरीय एक दिने सुरक्षा गोष्ठी जनकपुरमा बुधबार सम्पन्न भएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आयोजित सुरक्षा गोष्ठी नेपाल सरकारका उप प्रधान तथा गृहमन्त्री रबिलामिछाने,मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखि लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो।

प्रदेशको उच्च स्तरीय गोष्ठीमा मधेस प्रदेशको सुरक्षा अवस्था र त्यसमा गर्नुपर्ने सुधारको विषयमा छलफल गरिएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिए । गोष्ठीमा सङ्घीय उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा समग्र मधेश प्रदेशको सुरक्षा अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गरिएको मन्त्री लेखीले बताए ।



गोष्ठीमा नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रबिलामिछाने, मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, मन्त्रीहरु, मधेस प्रदेशका सुरक्षा उच्च पदस्थ अधिकारीहरु, ८ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।


