सप्तकोसी/त्रियुगा बहुमुखी सहकारी सस्था मधेस प्रदेशकै उत्कृष्ट सहकारी रहेको राष्ट्रिय सहकारी माहासंघकि केन्द्रिय अध्यक्ष ओम देबि मल्लले बताइन। सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारीको ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती कार्यक्रममा बुधबार बोल्दै मल्लले त्रियुगा सहकारी मधेस प्रदेशको उत्कृष्ट सहकारी पुरस्कार बाट समेत पुरस्कृत भैसकेको बताइन। सस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष ओमदेबि मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लले भनिन देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुयाउने सहकारी व्यवासायको संरक्षण र प्रबर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुनु पर्ने र सहकारी माथी भइरहेको दुर्गा प्रसाइहरु जस्ताको चौतर्फी आक्रमण देशका लागि राम्रो नभएको र यस्ता उछृखल तत्वलाइ कानुनि माध्यम बाटै बताइन।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बोर्डका निबर्तमान सदस्य शम्भुबहादुर खड्काले सहकारीको माध्यमले देशमा व्यप्त अभाव र बेरोजगारी समस्या न्यूनीकरणमा ठुलो योगदान गरेको बताउदै त्रियुगा सहकारीले पनि ठुलो योगदान दिएको बताए ।

सप्तरी जिल्लाकै पुरानो सहकारी संस्थाहरुमध्येको एक त्रियुगा बहुमुखी सहकारी सस्थाले आफ्नो स्थापनाको ५० औं वर्ष पुरा गरेर ५१ औ बर्षमा प्रवेश गरेको अवसरमा ५० औं बार्षिक उत्सव तथा स्वर्ण जयन्ती चैत्र २८ गते विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाइ पुरस्कार बितरण,वृद्ध सेयर सदस्यहरुलाइ सम्मान,सस्थापक र पुर्व अध्यक्षहरुलाइ सम्मान र खुल्ला रक्तदान कार्यक्रम गरि विभिन्न जातजाति थारु,मगर,नेवार र पन्चेबाजा समुहबाट झाकि प्रदर्शनी गरि मनाएको छ ।

२०२९ सालमा साझा सस्थाको रुपमा सस्थापक अध्यक्ष गोबिन्द बहादुर बस्नेत लगायत ५ जना सेयर सदस्यबाट धरमभकारिको रुपमा मुठि अन्न तथा प्रतिसेयर १० रुपैयाँ का दरले जम्मा गरि शुरु गरिएको सस्था जिल्ला मा खोलिएका २५ वटा साझा सस्था मध्ये एक मात्र जिबित सस्थाको रुपमा रहेकोछ ।

त्रियुगा साझाको सस्थाको रुपमा शुरु गरिएको सस्था २०४८ मा सहकारी ऐन लागु भए पछि त्रियुगा बहुमुखी सहकारीको रुप सन्चालन हुदै आएको सस्थाको स्वर्ण जयन्ती मनाउदै गर्दा ४ हजार ४० जना सेयर सदस्य रहेका छ्न ।

त्रियुगा सहकारीले स्वर्ण जयन्तीको अबसरमा आयोजना गरेको नगरभरिका सहकारी कर्मचारी र सरकारी कर्मचारी बिचको फुटबल प्रतियोगिता चैत्र २० गते ६७ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा खेलाएको छ प्रतियोगिता मा सरकारी कर्मचारी लाइ ४-२ को गोलान्तरले हराउँदै सहकारी कर्मचारीको टिम बिजयि भएको छ सहकारी कर्मचारीको तर्फबाट फत्तेपुर बहुउद्देश्यीय सहकारीका कर्मचारी किरण भट्टराई ,रक्तमाला सहकारीका का ब्याबस्थापक बिकास घिमिरे,त्रियुगा बहुमुखी सहकारीका कर्मचारी आशिष लामिछाने र सानाकिसान सहकारीका कर्मचारी रमानन्द मन्डलले एक एक गोल गरेर टिमलाई बिजयि बनाएका थिए भने सरकारी कर्मचारीको तर्फबाट अमित चौधरी र शिशिर खतिवडा ले एक एक गोल गरेर उपबिजेतामा भएको थियो ।
स्वर्ण जयन्ती को अबसरमा आयोजना गरिएको सप्तकोसी नगर स्तरीय अन्तर सामुदायिक बिधालय बक्तित्वकला प्रतियोगिता मा राष्ट्रिय मा.बि फत्तेपुरकि छात्रा आशिका बि.क. प्रथम जनता मा.बि भगनिकि बिनिता खडका दोस्रो र नन्द उ. मा. बि.ओद्राहाकि छात्रा सिद्ध कुमारी झा तेस्रो भएकि थिन।

सप्तकोसी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता समुह ए बाट बालकृष्ण घिमिरे र एजेट लामाको जोडी प्रथम सुरज खडका र आशिष पोखरेलको जोडी द्धितिय र अमर बि.क.जोडी बुद्ध खडका,रमेश पौडेलर हेम पौडेलको जोडी तृतीय भएका थिए।समुह बि तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडी प्रथम शम्भु चौधरी अरुण कटवालको जोडी दोस्रो बिशाल पौडेल जोडी रणबहादुर मगर र प्रतिक बिस्ट र उदय बानियाको जोडी तृतीय भएका थिए। सप्तकोसी नगरपालिका अन्तर बिधालय स्तरीय हाजिरजबाफ प्रतियोगिता मा सरस्वती बिद्या मन्दिर फत्तेपुर प्रथम लिटिल स्टार बोर्डिङ स्कुल दोस्रो पाइनियर बोर्डिङ स्कुल तेस्रो भएको थियो सम्पुर्ण प्रतियोगिता बिजेता खेलाडीहरुलाइ सस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीले ट्रफी , मेडल र प्रमाणपत्र बितरण गरेका छ्न।

Facebook Comments Box