उत्तम आचार्य
कन्चनरुप ,नेकपा एमाले कन्चनरुप नगर कमिटी सप्तरीले आइतबार नगर पार्टी कार्यालयमा १२ वटेे वडाका नेता कार्यकर्ता बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगर कमिटीका अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा तथा मधेस प्रदेशका गृह , संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री लेखीले अहिले ब्यापक रुपमा युवाहरू रोजगारका लागी बिदेश पलायन हुनु अत्यन्तै दु:खद पक्ष रहेको बताउदै अव स्वदेशमै रोजगारको वातावरण सृजना गर्नु पर्नेमा जोड दिए ।

यस क्षेत्र पेडा , केरा खेती , आप खेतीलाई उद्योगको रुपमा ल्याइ बढी भन्दा बढी युवाहरूलाई रोजगार दिलाउनका लागी उद्योग स्थापना गर्ने कार्यमा आफु लागी पर्ने बताए ।
युवा , महिला , दलित सशक्तीकरणलाई रोजगार मुलक कार्यक्रम संचालन गरि उनीहरुको जिविकोपार्जनमा सहज वातावरण बनाउन आफ्नो तर्फबाट सहयोग रहने उनले बताए ।

मन्त्री लेखीले पशुपालन , बेमौसमी तरकारी खेतीलाई ब्यवसायको रुपमा संचालन गरेमा बेरोजगारी समस्या न्यूनीकरण भएर जाने बताए ।
मिसन २०८४ लाई सफल बनाउनका लागि आजैका मितिबाट पार्टी संगठनलाई चुस्त दुरुस्त बनाइ जनताका समस्याहरुलाई समाधान गर्नका लागी पहल कदमि चाल्न मन्त्री लेखीले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

नेकपा एमाले १ नम्बर क्षेत्रका अध्यक्ष सोभितलाल यादव , रास्ट्रिय युवा संघ नेपालका नगर कमिटी अध्यक्ष जैनुद्दिन मियाँ , अनेमसंघकि नगर अध्यक्ष सिता पौडेल , प्रेस चौतारीका उत्तम आचार्य लगायतका वक्ताहरुले लागु औसध र यौन ब्यापार ले गर्दा यस क्षेत्रका युवायुवतीहरु कुलतमा फसि नराम्रो अवस्थामा पुग्न थालेकोमा चिन्ता ब्यक्त गर्दै यसको रोकथामका लागी मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

खानेपानी , सिंचाइ , नदि नियन्त्रणका समस्याहरुलाई समाधान गर्न मन्त्रीलाई अनुरोध समेत गरेका थिए ।
मन्त्री लेखीले आजै कन्चनरुप वडा नम्बर १२ का बिभिन्न टाेल बस्तीमा गइ जनताका समस्या हरु बुझ्ने काम समेत गरेका थिए ।
सो कार्यक्रममा प्रदेश कमिटी सदस्य , बसन्त मिश्र , उत्तम कुमार शर्मा गौतम , आशरादेवि चौधरी , डिक बहादुर बिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box