सप्तकोसी /अविरल बर्षाका कारण आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा न २ मा रहेको सुकुम्बासी बस्ती र बेलका नगरपालिकाको १ न वडा डुवानमा परेको छ ।
सोमबारदेखि परेको अविरल बर्षाका कारण त्रियुगा खोलामा आएको बाढी विहान बस्तीमा पस्दा सप्तकोसी नगरपालिका वडा न २ को सुकुम्बासी बस्तिका दर्जनौं घर डुवानमा परेका छ्न भने उदयपुरको बेलका नगरपालिका वडा न १ को आम्बासि भालमन्ति लगायतका बस्ति डुबानमा परेका छ्न।
मंगलबार बिहान स्थानीय खहरे खोला र त्रियुगा नदिको पुर्वी तटबन्धन बाट कटान गरी बाढी सुकुम्बासी बस्ती पसेकोले सुकुम्बासी बस्तिका ५४ घर डुबानमा परि सयौं बिघा खेतीयोग्य जमिन डुबाएको सप्तकोशी नगरपालिका २ का वडा अध्यक्ष जाहिर हुसैनले जानकारी दिए वडा अध्यक्ष हुसेनका अनुसार बाढीले सुकुम्बासी बस्तिका र मुश्लिम बस्ती डुवानमा परेका छन।

बाढी पसेर डुवान भएको क्ष्रेत्रमा वडा अध्यक्ष जाहिर हुसेन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका रेसक्युटोलीसहित स्थानीयबासीहरुले बाढिमा फसेकाहरुलाइ उद्वार गरि सुरक्षित स्थानमा राखिएको छ।
उद्वार गरिएका बाढी पीडितहरुलाई स्थानीय मस्जिदमा राखिएको तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरी चौकी फत्तेपुरका प्रमुख पन्नलाल चौधरीले जानकारी दिए।
डुबानबाट कुनै मानवीय क्षति नभएपनि घर, लत्ताकपडा, खाद्यान्नलगायतका सामाग्रीमा डुबेर क्षति पुगेको प्रहरीले बताएको छ ।

Facebook Comments Box