सप्तकोसी/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण संगै २१ जनाको मन्त्रिपरिषद बिस्तार गरेका छ्न।
प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना दलबाट मन्त्री नियुक्त गरी शपथग्रहण समारोहमै मन्त्रिपरिषदलाई पुर्णता दिएका छ्न ।
प्रधानमन्त्री ओलीले आज नै २१ जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद बिस्तार तथा पुर्णता दिएका छ्न । प्रधानमन्त्री ओलीको शपथ ग्रहण लगत्तै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र बिष्णुप्रसाद पौडेलले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएका छ्न ।

उपप्रधानमन्त्री सिंहले शहरी बिकाश र पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन । नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानी मन्त्री प्रदीप यादव रहेका छ्न । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी रहेका छन ।
नवगठित मन्त्रीपरिषदमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहेका छन ।
यसैगरी रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नियुक्त भएका छन ।

Facebook Comments Box