जसपा चौदण्डीगढीका नेता भुपेन्द्र राई सहित १६२ जना एमालेमा प्रवेश



चौदण्डीगढी । उदयपुरको चौदण्डीगढी नगरपालिकामा मा जनता समाजवादी पार्टीका नेता भुपेन्द्र राई सहित बिभिन्न पार्टी परित्याग गरि १ सय ६२ जना एमाले प्रवेश गरेका छ्न ।
नव प्रबेशिहरुलाइ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले टिका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
चौदण्डीगढी नगरपालिका ४ बसाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जनता समाजबादी पार्टीबाट ७७ जना, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट ४७ जना, नेपाली कांग्रेसबाट १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १७ जना र एकीकृत समाजवादीबाट ३ जना गरि १सय ६२ जनाले एमाले प्रवेश गरेको नेकपा एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जाराले जानकारी दिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै भुपेन्द्र राईले भने आफुहरुले १२ बर्षे राजनीतिक जीवन ठुला नेताको भूलभुलैयामा लागेर खेर फालेको भन्दै आफुले बिगतमा निर्माण गरेको पार्टी एमालेमा पुनः जोडिन पाउँदा खुशी भएको बताउनु भयो । राइले मुलकका सबैखाले समस्याको समाधान नेकपा एमालेले मात्र गर्न सक्ने भएका कारण पनि आफुहरु पुनः एमालेमै फर्किएको बताए।
पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताउनु भएको छ ।
मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठुलो क्षती पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको जिकिर गर्नु भयो । उहाँले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले आफुहरुले कांग्रेस संग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताउनु भयो । कार्कीले कांग्रेस आफुहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दावी गर्नु भयो । मुख्यमन्त्री कार्कीले एमाले सँधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेस संग सहकार्य गर्न पुगेको बताउनु भयो ।
कोशी प्रदेश सरकारको नेतृत्व आफुले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफु दुखी रहेको बताउदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले कांग्रेस सँगको सहकार्य मार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पुरा गर्ने गरि बाकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको बताउनु भयो ।
शनिबार नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि १६२ जना एमालेमा प्रवेश गरेका थिए । ठुलो संख्यामा उपस्थित एमाले नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमा बाल्दै नेकपा एमाले कोशी प्रदेश कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमाले प्रति बिश्वास र भरोसा बढेको बताउनु भयो । उपाध्यक्ष चेम्जोङ्गले चौदण्डीगढी नगरपालिका पनि एमालेले जितेको र यहाँका जनप्रतिनिधिहरुको कार्यशैली र विकास प्रतिको लगावले आज ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेसको लहर चलेको बताउनु भयो । उहाँले जनताले जसरी एमालेलाई बिश्वास गरेका छन सोहि आधारमा जनप्रतिनिधिले काम गर्दै जानु पर्नेमा समेत जोड दिनु भयो ।
कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको दावी गर्नु भयो । अध्यक्ष राउतले आफु पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेसको कार्यक्रम संचालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने दावी गर्नु भयो ।
कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले आफूले यसरि एमाले प्रवेशको लहर देख्दा अब आफ्नो पालिकामा प्रतिपक्षीनै नहुने हुनकी भन्ने आभास भएको बताउनु भयो । मेयर लामाले एमाले जनताको पार्टी भएकोले हिजो आफुहरुलाई एउटा बिश्वासले जिम्मेवारी दिनुहुने तमाम जनताको भावना अनुसार आफुले काम गरिरहेको भन्दै आजको पार्टी प्रवेसको लहरले आफुलाई थप जिम्मेवारी थपेको बताउनु भयो ।
कार्यक्रममा एमले पोलिट ब्युरो सदस्य मन्जु कुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नगर अध्यक्ष विकास बन्जाराको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष लुङ्गाराज राईले राखेका थिए ।



