कार्की :-फत्तेपुर/ नेकपा माओबादि केन्द्र ले सप्तकोसी नगरपालिका को नगर प्रमुख पद को उम्मेदवार मा ३ जनाको नाम सिफारिस गरेको छ।
नेकपा माओबादि केन्द्र सप्तकोसी नगर कमिटीको बैठकले नगर प्रमुख पदका आकांक्षी ३ नै जनाको नाम जिल्ला समन्वय समिति पठाइएको छ भने ७ वडा अध्यक्ष को समेत सर्बसहमत टुंगो लगाइ सकेको नेकपा माओबादि केन्द्र सप्तकोसी नगर कमिटी सदस्य राजकुमार के शि ले जानकारी दिए।
सप्तकोसी नगरपालिका नगर प्रमुख पदका लागि रबिन चौधरी , शम्भु बहादुर खड्का र धुर्ब कार्की को नाम सिफारिस गरेको के शि ले बताए ।
नगर प्रमुख पदका आकांक्षी रबिन चौधरी नेकपा माओबादि केन्द्र सप्तरी जिल्ला समन्वय समिति सदस्य हुन हुन भने दुइ कार्यकाल तत्कालीन ओद्राहा गाबिस अध्यक्ष समेत भै सकेका अनुभवी पात्र हुन, शम्भु बहादुर खड्का पार्टीको नगर कमिटी सदस्य तथा सहकारी अभियान्त समेत हुन उनि लामो समय देखि त्रियुगा सहकारी को नेतृत्व समाल्दै रहेका र हाल राष्ट्रिय सहकारी बोर्डको सदस्य समेत रहेका अनुभवी पात्र हुन भने धुर्ब कार्की पार्टी को नगर कमिटी सदस्य हुन तथा गत स्थानीय तह निर्वाचन मा नगर प्रमुख पदका प्रत्यासि समेत रहेका कार्की लामो समय विभिन्न मन्त्रालयको स्वकीय सचिब को रुप मा काम गरिसकेका अनुभबि उम्मेदवार का आकांक्षी हुन।

Ad
Facebook Comments Box