कञ्चनरूप, ११ कार्तिक । सप्तरीको कञ्चनरूप नगरपालिका ८ लदवेदी स्थित डिठा पोखरीमा उदाउँदो सूर्यको पूजा आराधाना गरि हर्षोल्लाससहित छठ पर्व सम्पन्न भएको छ ।

वैदिक सनातन हिन्दु धर्म संस्कृति परम्परा अनुसार गाउँ टोल छिमेक साविक कञ्चनपुर गाविस ९ र ८ तथा धरमपुर ७ लगायत रुपनगर लगायत विभिन्न ठाउँका विभिन्न जातहरु ब्राह्मण , क्षेत्री , यादव, राम ,राजधोव, सरदार , महतो लगायत दर्जनौं हजारौं संख्यामा सामुहिक छठ पर्व घाट सिस्टम अनुसार डिठा पोखरी विकास प्रतिष्ठानद्वारा सम्पन्न भएको अध्यक्ष दिनेश यादवले जनाउनु भयो ।

उक्त घाट अवलोकन गर्न प्रदेश सांसद राजकुमार लेखी, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता समेत आउनुभएको थियो ।

उक्त ठाउँमा नगर छठ साँस्कृतिक केन्द्र घाट सामुदायिक भवनका लागि बजेट यो वडाको पोखरी छेउमा प्रितम लेखीको घर नजिक पाँच कठ्ठा जग्गा छुट्याउनु पर्ने कुरा भएको छलफलमा घाट व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Facebook Comments Box